डिभी २०२० र २०२१ का १७,४५६ संरक्षित भिसा कहिलेदेखि? विदेश मन्त्रालयबाट अपडेट जारी


प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२० र २०२१ का संरक्षित भिसाहरुबारे छिट्टै निर्देशिका जारी गर्ने जनाएको छ । डिभी २०२० र २०२१ का संरक्षित भिसा कसरी र कहिले प्रकृया अगाडि बढाउने भन्नेबारे उपलब्ध हुनासाथ सार्वजनिक निर्देशिका जारी गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

डिभी २०२० र २०२१ का सन्दर्भमा अदालतले भिसा संरक्षणका लागि विभिन्न समयमा दिएका आदेशहरुबारे आफूहरु सचेत रहेको विदेश मन्त्रालयको भनाई छ । तर अदालतले संरक्षित भिसाहरु कहिलेसम्म जारी गर्ने भन्ने सन्दर्भमा कुनै आदेश नदिएको पनि विदेश मन्त्रालयले जनाएको छ । यसअगाडि विदेश मन्त्रालयले संरक्षित भिसाहरु आर्थिक बर्ष २०२३ भन्दा अगाडि जारी गर्न नसकिने बताएको थियो ।

गत अगस्त १७ मा वासिंटन डिसीको अदालतले डिभी २०२० का ९ हजार ९५ संरक्षित भिसाहरु जारी गर्न सरकारलाई आदेश दिएको थियो । तर अदालतले कहिलेसम्म जारी गर्ने भन्ने समयतालिका नदिएकाले अमेरिकी विदेश मन्त्रालयले ती भिसाहरु कहिलेदेखि कहिलेसम्म जारी गर्ने भन्नेबारे कुनै योजना बनाएको छैन ।

ती भिसाहरु केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा जारी गर्दै जाने विदेश मन्त्रालयले जनाएको छ । र्याण्डम आधारमा जारी गर्दै जाँदा ९ हजार ९५ संख्या पुगेपछि बाँकीलाई भिसा जारी गरिनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सेप्टेम्बर २७ मा वासिंटन डिसीको अदालतकै न्यायाधिसले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरुका कारण भिसा पाउन नसकेका आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुका लागि ९६६ भिसा संरक्षण गर्न आदेश दिएको थियो । त्यस्तै सेप्टेम्बर ३० मा दिइएको आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । अर्को आदेशमा थप ४८१ भिसा संरक्षण गर्न र आर्थिक बर्ष २०२२ भित्र जारी गर्न आदेश दिइएको थियो ।

यसरी अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ ।

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन समाप्त हुने दिन वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले भिसा संरक्षणको आदेश दिएका थिए ।

डिभी २०२१ का विजेताका लागि सन् २०२१ को सेप्टेम्बर ३० भित्र भिसा जारी गर्ने नियम भएपनि अदालतको आदेश पछि सरकारले आगामी दिनमा ८३६१ डिभी विजेताका लागि भिसा जारी गर्नुपर्नेछ । तर ती भिसाहरु कहिले जारी गर्ने भन्नेबारे केही बताइएको छैन ।

आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com