‘डिभी भर्न १८ बर्ष पुग्नुपर्दैन, भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरे हुन्छ’


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । तर डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य रहेको छ । भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट पारेका थिए ।

डिभी लोटरी भर्न १८ बर्ष पुग्नुपर्ने हो र ? कैयन प्रश्नकर्ताहरुले यस्तो प्रश्न सोधेका थिए । तर कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् ।

डिभी लोटरी भर्दा अहिले नै १२ कक्षा उत्तिर्ण गरेको हुनुनपर्ने तर आवेदन पूर्ण हुने अर्थात् भिसा पाउने बेलासम्म १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने कन्सुलर अधिकारीले बताएका थिए । जस अनुशार सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।

डिभीका लागि छनौट भएको खण्डमा आवेदन स्वीकृत हुनका लागि डिभी अवधिको अन्त्यसम्म प्लस टु पूरा गरिसकेको हुनुपर्ने उनले स्पष्ट पारेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर ६ देखि  डिभी लोटरी भर्न सकिने

न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ ।

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।

अमेरिकी सरकारको वेवसाइटमा गरेर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ । भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

डिभी भर्नका लागि दर्जनबढी विवरणहरु चाहिन्छ । नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मदेश, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, तत्काल खिचिएका फोटो, ठेगाना, आफू अहिले बस्ने देश, इमेल, फोन नम्बर, छोराछारीको विवरण लगायत आवश्यक पर्छ ।

पासपोर्ट अनिवार्य

२ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा भने पासपोर्टको विवरण बुझाउनु नपर्ने विकल्प समेत दिइएको छ ।

अमेरिकी सरकारले भनेको छ – ‘अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।’

पासपोर्ट हराएमा वा एक्सपायर भएमा

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरी भर्न पाउने

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउनेछन्  ।  नेपाल डिभी लोटरीका लागि योग्य देशको सुचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पतिरपत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

खासगरी अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरुले डिभी लोटरीबाट फाइदा लिन सक्नेछन् । त्यो बाहेक अन्य गैरआप्रवासी भिसामा रहेका नेपालीहरुले पनि डिभी कार्यक्रमबाट फाइदा लिन सक्नेछन् । तर अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेकाहरुको सन्दर्भमा भने डिभी लोटरी परेमा स्टाटास एड्जस्ट गर्न मुस्किल हुनेछ ।

अमेरिकामा रहेका नेपाली टीपीएसबाहक पनि डिभी लोटरीका लागि योग्य हुनसक्नेछन् । तर उनीहरु टीपीएसमा जानु अगाडि अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुदैन । स्टेटस एड्जस्ट गर्दासम्म टीपीएसमै वा वैध स्टाटसमा रहेको हुनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com