डिभी २०२२ का विजेताहरुलाई भिसा सुरु, ९ सयसम्म केस नम्बर हुनेलाई अक्टोबरमा


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

आजदेखि डिभी २०२२ का विजेताहरुलाई अमेरिकाले भिसा दिन सुरु गरेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ सुरु भएकाले डिभी २०२२ का विजेताहरुलाई भिसा दिन सुरु गरिएको हो । अक्टोबर महिनाका लागि नेपालीकाहरुका सन्दर्भमा ९ सय भन्दा माथि केसनम्बरमा सिमाबन्दी लगाईको छ ।

नोभेम्बरमा नेपालीका सन्दर्भमा १७ सयभन्दा माथि केस नम्बरमा सिमाबन्दी लगाइएको छ । डिभी २०२२ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा पाउनसक्ने प्रावधान रहेको छ ।

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

चालु आर्थिक बर्ष २०२१ का लागि पनि ३८०१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर कोरोना महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण अधिकांशले भिसा पाउन सकेनन् । सेप्टेम्बर ३० भित्र भिसा पाउन नसकेका केही डिभी विजेताहरुका लागि पछि समेत भिसा पाउन सक्नेगरी अदालतले भिसा संरक्षण गरेको छ ।

अमेरिकी दूतावास काठमाडौं

अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको हो । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ भने अरु थप दुई वटा आदेशमा ४८१ र ९६६ भिसा संरक्षणको आदेश दिइएको हो ।

वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले भिसा संरक्षणको आदेश दिएका हुन् । डिभी २०२१ का विजेताका लागि सन् २०२१ को सेप्टेम्बर ३० भित्र भिसा जारी गर्ने नियम भएपनि अदालतको आदेश पछि सरकारले आगामी दिनमा ८३६१ डिभी विजेताका लागि भिसा जारी गर्नुपर्नेछ ।

मेहताले कुल डिभी २०२१ का लागि ७ हजार ३ सय ९५ भिसा संरक्षणको आदेश दिएका हुन् । यसै साताको सुरुमा न्यायाधिस तान्या चुटकानले २०२१ का डिभी विजेताका लागि थप ९६६ भिसा संरक्षणको आदेश दिएकी थिइन् ।

चुटकान र मेहताले गरी डिभी २०२१ का कुल ८ हजार ३ सय ६१ भिसा संरक्षणको आदेश दिएका छन् । यी भिसाहरु कहिलेदेखि जारी गर्न सुरु गर्ने भन्नेबारे अदालतले केही बताएको छैन ।

बुधबार अदालतमा सरकारका तर्फबाट गरिएको फाइलिङमा सेप्टेम्बर २६ सम्म आर्थिक बर्ष २०२१ का १५ हजार १ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको जनाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले १८ हजार ७ सय ३१ आवेदन प्रकृयामा लगेकोमा ३७ सय ३० आवेदन अस्वीकृत भएको र १५ हजार १ जनालाई भिसा जारी गरिएको सरकारी रेकर्डमा उल्लेख छ । त्यसपछिका ४ दिनमा पनि डाइभर्सिटी भिसा जारी गरिएको छ तर कतिजनालाई जारी गरियो भन्नेबारेको रेकर्ड भने अझै सार्वजनिक गरिएको छैन ।

त्यस्तै केन्टकी कन्सुलर सेन्टरका निर्देशकका तर्फबाट अदालतमा पेश गरिएको विवरणमा डिभी २०२१ का विजेताहरुमध्ये ५० हजार ७ सय ५६ जनाबाट केन्टकी कन्सुलर सेन्टरले डीएस २६० अर्थात् आप्रवासी भिसा आवेदन प्राप्त गरेको उल्लेख गरिएको छ । तर जम्मा लाभग्राहीहरु कतिजना छन् भन्नेबारे आफूहरुले बताउन नसक्ने अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ ।

अहिलेसम्मको विवरण हेर्दा कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com