९ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा, डिभी २०२३ केही सातामा खुल्दै


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अक्टोबर महिनादेखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन्, जस अनुशार ९ सय सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नसक्नेछन् ।

एसियाको लागि १४ सय सम्मको केस नम्बरमा सिमाबन्दी गरिएपनि एसियाभित्रका देशमा भने इरान र नेपालमाथिमात्र सिमाबन्दी गरिएको हो । इरानले ८ सय केस नम्बरसम्म सिमाबन्दी गरिएको छ भने नेपाललाई त्यो भन्दा १ सय बढी ९ सयसम्म केस नम्बरमा सिमाबन्दी गरिएको छ ।

नोभेम्बरमा एसियाका लागि २७ सयसम्म केस नम्बरको सिमाबन्दी तोकिएको छ । जसमा नेपालका लागि १७ सयसम्म केस नम्बर हुनेहरुले भिसा प्राप्त गर्नसक्ने गरी सिमाबन्दी तोकिएको छ । आर्थिक बर्ष २०२० र २०२१ का डिभी विजेताहरुले उल्लेख्य रुपमा भिसा पाउन नसकेपनि २०२२ का डिभी विजेताहरुले भने भिसा पाउने अपेक्षा गरिएको छ ।

अमेरिकी दूतावास काठमाडौं

अक्टोबरदेखि सुरु हुने आर्थिक बर्ष २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । गत मे ८ मा सन् २०२२ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको थियो ।

सन् २०२२ का लागि डिभी लोटरी पारेका नेपालीहरुको संख्या एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् । आर्थिक बर्ष २०२२ का लागि डिभी पारेकाहरुले सन् २०२२ को सेप्टेम्बर ३० सम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

आर्थिक बर्ष २०२३ का लागि डिभी भर्ने मिति अमेरिकी सरकारको विदेश मन्त्रालयले आगामी केही सातामा नै घोषणा गर्ने अपेक्षा गरिएको छ । आर्थिक बर्ष २०२३ का लागि अक्टोबरको पहिलो वा दोश्रो साता डिभी खुल्ने अपेक्षा गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com