अमेरिकामा दिनेश सुनारबाट पार्कर खेलमा पाँचौं विश्व रेकर्ड गिनिज बुकमा कायम


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । गत मार्चमा  ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्डको प्रयास गरेका थिए । यो रेकर्ड मंगलबार गिजिन बुकले दर्ता गरेको हो ।

उनी ३० सेकेन्डको समयमा १३ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले त्योभन्दा धेरै १३ पटकसम्म हानेका थिए ।

यसअगाडि दिनेशले गतबर्षको जनवरी ५ मा अमेरिकामा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । उनले गतबर्ष भर्जिनियामा आयोजित कार्यक्रममा रेकर्ड ब्रेक गरेका थिए ।

पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।

दिनेशले पार्कर खेलमा नेपालमा तीनवटा विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com