अमेरिकी विदेशमन्त्रालयको प्रतिष्ठित अवार्ड नेपाली महिला मुस्कान खातुनलाई


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

एसिड आक्रमणमा परेर बाँचेकी नेपाली महिला मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गर्ने भएको छ । एसिड आक्रमण अन्त्यका लागि खातुनको कामको सम्मान गर्दै अमेरिकी सरकारले यो अवार्ड प्रदान गर्न लागेको हो ।

८ मार्चमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले विश्वभरका अवार्ड विजेता महिलाहरुको सम्मानमा विशेष भर्चुअल समारोहको आयोजना गर्ने भएका छन् । जसमा अमेरिकी प्रथम महिला जिल बाइडेनले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका १४ जना महिलाहरुलाई यो अवार्ड प्रदान गरिनेछ ।

साथै अफगानिस्तानमा समुदायको सेवामा खटिएको बेला सन् २०२० मा भएको हमलामा मारिएका ७ जना महिलाको सम्मानमा सम्मान अवार्ड समेत प्रदान गरिने भएको छ । कार्यक्रम अमेरिकी विदेशमन्त्रालयको वेवसाइटबाट समेत प्रत्यक्ष प्रशारण गरिनेछ  ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अवार्ड पाउने मुस्कान खातुन सन् २०१९ मा १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकोमा एसिड हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।

यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले एसिड हमलाविरुद्ध कडा कानुन र सजायको लागि अभियान संचालन गरिन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भेटेर एसिड हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेकी थिइन् । त्यसपछि सरकारले अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेको थियो ।

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण रहेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले उनलाई समर्थन गर्नमा गर्व गर्ने तथा नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व गर्ने बताएको छ ।

अहिलेसम्म अमेरिकाले १५ बर्षमा ७५ वटा देशबाट १५५ जनालाई यो अवार्ड प्रदान गरिसकेको छ । विदेशमा रहेका अमेरिकी कूटनीतिक नियोगहरुले एकएकवटा नाम नोमिनेशनका लागि पठाएपछि ती नामहरुबाट अमेरिकी विदेश मन्त्रालयका बरिष्ठ अधिकारीहरुबाट अवार्ड प्राप्त गर्नेहरुको छनौट गर्छन् ।

अवार्ड पाउने विश्वभरका महिलाहरुको सुची यहाँ हेर्नुहोला ।

यो आईडब्ल्यूओसी पुरस्कार समारोह नेपाली समय अनुशार फागुन २४ गते सोमबार राती साढे ८ बजे अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा हेर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com