आमा दुर्ब्यसनी, बुबा हत्यारा तर छोरा बने बर्षकै उत्कृष्ट शिक्षक (भिडियो समेत)


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

बाल्यकालमा गिरोहमा संलग्न भएका डारियन ककरेल अमेरिकाको मिजौरीमा बर्षकै उत्कृष्ट शिक्षक घोषणा भएका छन् । आमा दुब्यर्सनी र बुबा हत्यारा भएका कारण सामाजिक संस्थाले उक्त परिवारबाट निकालेर फोस्टर केयरमा राखेका उनी १० बर्षको उमेरमा गिरोहमा समेत संलग्न भएका थिए ।

तर उनी प्रशिक्षक र शिक्षकहरुको सहयोगमा सही बाटोमा लाग्न सफल भए । अन्तत आफै शिक्षकमात्र भएनन् मिजौरीमा यो बर्षका उत्कृष्ट शिक्षक घोषणा भएका छन् । मिजौरीको डिपार्टमेन्ट अफ एजुकेशनले उनलाई बर्षको उत्कृष्ट शिक्षक घोषणा गरेको हो । डारियन ककरेल विद्यार्थीमात्र डीसी नामले परिचित छन् ।

ककरेल मिजौरीको क्रिस्टउड एलिमेन्टरी स्कुलमा शारीरिक शिक्षाका शिक्षक हुन् । उनी जन्मदा नै उनकी आमा लागुऔषधको दुब्र्यसनी रहेकी थिइन् । आमाका ६ जना बच्चाहरुमध्ये २ बच्चाहरु १६ बर्षको उमेर अगाडि नै जन्मिएका थिए । जब ककरेल ४ बर्षका थिए, उनका बुबा हत्याका कारण जेल परे ।

त्यसपछि उनलाई फोस्टर केयरमा राखिएको थियो । कुनै परिवारमा बच्चाको वेवास्ता भएमा, बुबाआमा बच्चा हुर्काउन अयोग्य भएमा वा दुब्र्यबहार गरेमा त्यस्ता बच्चालाई फोस्टर केयरमा राखिन्छ ।

सातौं कक्षामा पढ्दा ककरेललाई एकजना फुटवल प्रशिक्षकले धर्मपुत्रका रुपमा ग्रहण गरे । त्यसपछि ककरेलले मिजौरीको सेन्ट लुइसमा रहेको युनिभर्सिटीबाट ग्रयाजुएट गरे ।

ककरेलले आफूलाई सही दिशामा अगाडि बढ्न सहयोग गर्ने शिक्षकहरु र अन्य सबैलाई धन्यवाद दिएका छन् । बाल्यकाल संघर्ष र पीडामा विताएका उनी सही मार्गदर्शनका कारण मिजौरीमा बर्षकै उत्कृष्ट शिक्षक बन्न सफल भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com