छिमेकीहरुलाई ७५ लाख डलर छाडेर गइन् जर्मन महिला रेनाटा वीडल


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

जर्मन महिला रेनाटा वीडलले मृत्यु हुनु अगाडि आफ्नो झण्डै ६२ लाख युरो अर्थात् झण्डै ७५ लाख डलरको सम्पत्ति र स्टक पोर्टफोलियो छिमेकीहरुलाई छाडेकी छिन् । उनले यो सम्पत्ति मध्य जर्मनीका आफ्ना समुदायका नाममा छाडेर गएकी हुन् ।

वीडल सन् १९७५ देखि आफ्ना पति अल्फ्रेडका साथमा हेसको वाइपरफिल्डेन डिस्ट्रिक्टमा बस्दै आएकी थिइन् । स्टक मार्केटमा निकै सकृय अल्फ्रेडको सन् २०१४ मा निधन भएको थियो । त्यसपछि सन् २०१६ देखि रेनाटा वीडल जर्मनीको फ्रयांकफर्टमा नर्सिङ होममा बस्दै आएकी थिइन् । उनको गतबर्षको डिसेम्बरमा ८१ बर्षको उमेरमा निधन भएको थियो ।

वाइपरफिल्डेन डिस्ट्रिक्टलाई उनको इच्छापत्रमा सबै सम्पत्ति समुदायका नाममा गराइएको जानकारी दिइएको थियो । रेनाटा वीडलकी बहिनी सम्पत्तिको पहिलो उत्तराधिकारी भएपनि उनको समेत पहिले नै निधन भइसकेकाले सम्पत्ति समुदायका नाममा दिइएको हो । सुरुमा त उनले मृत्यु अगाडि आफ्नो सम्पत्ति समुदायका नाममा दिएको कुरा विश्वासै नलागेको त्यहाँका मेयरले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब उक्त सम्पत्ति सामुदायिक सुविधा र हितका लागि प्रयोग गरिने भएको छ । वीडल दम्पत्तिको सम्मान हुनेगरी जिम्मेबारीका साथ समुदायका लागि राम्रो कुराको विकाशमा लगाइने वक्तब्यमा जनाइएको छ । स्थानीय बासिन्दाले उक्त रकम साइकलका लागि बाटो, किण्डरगार्टेन, सार्वजनिक यातायात, बालबालिकाका लागि भवन लगाउन सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com