रेशम फिरिरी गाउँदै चिनियाँ राजदूतबाट दशैंको शुभकामना (भिडियो समेत)


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् । रेशम फिरिरी गाउँदै चिनियाँ राजदूत यान्छीले दशैंको शुभकामना दिएकी हुन् ।

आफुले गाएको ‘रेशम फिरिरि’ नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी छिन् ।

चिनियाँ दूतावासले समेत उपलब्ध गराएको राजदूत यान्छीले गाएको गीतको क्लिप १ मिनेट २९ सेकेन्डको रहेको छ । आफु र आफ्ना सहकर्मीहरूले रेशम फिरिरि अभ्यास गरेको र अन्तमा गाउन सफल भएको उनले उल्लेख गरेकी छिन् ।

दशैंको मुख्य दिनमा गीत सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!’

राजदूत यान्छीले बेलाबेलामा नेपालको सामाजिक साँस्कृतिक रितिरिवाजलाई फलो गर्ने गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com