सेप्टेम्बरमा भिसा पाएका डिभी विजेता नेपालीलाई एयरपोर्टबाट फर्काइदै, डिसेम्बरपछि आउन पाउने


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

सेप्टेम्बरका डाइभर्सिटी भिसा पाएका केही नेपालीहरु अक्टोबरमा नै अमेरिका आउन खोज्दा काठमाडौं विमानस्थलबाट नै फर्काइएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्म नै लागु हुने भएकाले अप्रिल २३ पछि नयाँ भिसा पाएका डिभीवाहकहरु डिसेम्बर ३१ अगाडि नै अमेरिका आउन नसक्ने प्रावधान छ ।

तर अप्रिल २३ भन्दा अगाडि नै डाइभर्सिटी भिसा पाएकाहरु वा अप्रिल २३ भन्दा अगाडि नै भिसा पाएर भिसाको अवधि सकिएर पुन नविकरण गरेकाहरु भने डिसेम्बर अगाडि पनि आउनसक्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिभी २०२० का विजेताहरुलाई भिसा पाउनमा रोक लगाएपनि अदालतको आदेशपछि सेप्टेम्बरमा केही डिभी विजेताहरुलाई भिसा जारी गरिएको थियो ।

सेप्टेम्बरमा आफूहरुले डिभी २०२० का नेपाली विजेताहरुलाई सकेजति भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । तर अपवादमा परेकोबाहेक अन्य डिभी विजेताहरु डिसेम्बर ३१, २०२० भन्दा अगाडि अमेरिका आउन नसक्ने अमेरिकी सरकारको विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

सामान्यतया मेडिकल जाँचको प्रमाणपत्रको म्याद सकिंदा नै ६ महिने आप्रवासी भिसाको म्याद सकिने भएकाले दूतावासले भिसा जारी गर्नु अगाडि नयाँ मेडिकल जाँचको प्रमाणपत्र प्रदान गर्न विकल्प दिएको थियो । सेप्टेम्बरमा जसजसले डाइभर्सिटी भिसा पाएका छन्, वर्तमान अवस्था अनुशार उनीहरु जनवरीमा यात्रा गर्नसक्नेछन् । सामान्यतया उनीहरुको भिसा मार्च सम्म नै अद्यावधिक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकारी आदेशपछि जारी भएका तर डिसेम्बर ३० अगाडि नै म्याद सकिने २०२० का भिसा भएका डिभी विजेताहरु अपवादमा नपरेको खण्डमा अमेरिका आउनसक्ने छैनन् । सन् २०२० को डिभी जारी गर्ने म्याद सेप्टेम्बर ३० मा नै समाप्त भइसकेको छ । २०२१ का डिभी विजतालेहरुले आगामी जनवरीपछि भिसा पाउन सक्नेछन् ।

नियमित भिसा सेवाका लागि दूतावास अझै पनि बन्द रहेको दूतावासले जनाएको छ । आफूहरुले अझै पनि रिटर्निंग रेसिडेन्स भिसा प्रकृयामा लैजान नसकेको दूतावासको भनाई छ । ग्रिनकार्डमा नेपालमा गएर महामारीका कारण १ बर्षभित्र फर्कन नसकेका र २ बर्षको ट्राभल डकुमेन्टमा नेपाल गएर सोही अवधिभित्र अमेरिका फर्कन नसकेकाहरुले यो भिसाका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

विद्यार्थी र भिजिटर भिसाका आवेदनहरु पनि प्रकृयामा लैजान नसकेको दूतावासले जनाएको छ । कहिले खुल्छ भन्ने अहिले नै भन्न नसकिने तर त्यसबारेमा अपडेट गर्दै जाने दूतावासको भनाई छ । नियमित भिसा सेवा संचालनका लागि अन्य कैयन महिना लाग्ने दूतावासले जनाएको छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएको थियो ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो रहेको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com