डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

पति /पत्नी :

यदि तपाईँ कानुनसम्मत विवाहित हुनुहुन्छ भने तपाईँको पति/पत्नी तपाईँसँग बसे वा नबसे पनि वा तपाईँसँगै अमेरिका आप्रवासन गर्ने उद्देश्य राखेको भए वा नभए तापनि तपाईँले आफ्नो पति/पत्नीको नाम उल्लेख गर्नु पर्दछ ।

कानुनी रूपमा अलग्गैबसेको अवस्थामा बाहेक (अर्थात्अदालतद्वारा मान्यता प्राप्त लिखित सम्झौता वा अदालती आदेश प्राप्त भएको अवस्था) तपाईँले छुट्टिएर बसेको पति/ पत्नीको नाम उल्लेख गर्नु पर्दछ । यदि तपाईँकानुनी रूपमा अलग्गिएर बस्नुभएको अवस्था हो र तपाईँले आफ्नो पति/पत्नीको नाम उल्लेख गर्नुभएको खण्डमा त्यसले तपाईँको आवेदनमा कुनै असर पार्ने छैन ।

कानुनी रूपमा अलग्गै बस्नु भनेको त्यो अवस्था हो, जहाँ दम्पती विवाहित नै रहे पनि अदालतको आदेशपछि अलगअलग बसेका हुन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईँ र तपाईँका पति वा पत्नी कानुनी रूपमा अलग्गिनुभएको छ भने डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत उहाँ तपाईँसँगै बसाइ सर्न पाउनुहुन्न ।

कानुनी रूपमा आफूबाट अलग्गिएको पति वा पत्नीको नाम फारममा संलग्न गरे वापत कुनै सजाय हुने छैन । अदालतको आदेशद्वारा आफ्नो पति वा पत्नीसँग कानुनी रूपमा अलग्गिनुभएको छैन तर डाइभर्सिटी भिसाको लागि आवेदन दिनुअघि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि निजको नाम फारममा संलग्न गर्नुपर्नेछ । आफूसँगै कार्यक्रममा समावेश हुन योग्य पति वा पत्नीको नाम फारममा समावेश नगर्दा, वा वा आफूसँग विवाहित नरहेका व्यक्तिको नाम आफ्नो पति वा पत्नीको रूपमा समावेश गर्दा, तपाईँको आवेदन अयोग्य ठहर्दछ ।

सम्बन्धविच्छेद वा पति/पत्नीको देहवसान भएको अवस्थामा भने पूर्व पति वा पत्नीको नाम उल्लेख गर्नुपर्दैन । यसको एक मात्र अपवाद तपाईँक पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा भएको अवस्थामा लागु हुन्छ । आफ्नो पति वा पत्नी अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा भएको अवस्थामा निजलाई आवेदनमा संलग्न नगर्नु होला ।

अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा भइसकेका पति/पत्नीलाई डिभी आवश्यक पर्ने वा जारी गरिने छैन । त्यस कारण तपाईँले आफ्नो आवेदन फारममा “विवाहित र मेरा पति÷पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्” छान्नुभयो भने तपाईँले आफ्ना पति/पत्नीसम्बन्धी थप जानकारी समावेश गर्न सक्नुहुनेछैन ।

बालबालिका :

ई–डिभी अनलाइन फारम भर्ने समयमा २१ वर्ष मुनि रहेका सबै अविवाहित जीवित सन्तानको नाम तपाईँले उल्लेख गर्नु पर्दछ, चाहे ती तपाईँका आप्mनै सन्तान हुन्वा तपाईँका पति/पत्नीका सन्तान हुन्, वा तपाईँद्वारा आफ्नो देशको कानुन अनुरूप धर्मसन्तानका रूपमा ग्रहण गरिएका हुन्। तपाईँको सन्तान तपाईँसँग बसोबास नगर्ने भए तापनि वा तपाईँसँग अमेरिका आप्रवासन नगर्ने भए तापनि यदि आवेदन भर्ने समयमा तिनी २१ वर्षभन्दा कम उमेरका हुन्भने उनीहरूको नाम उल्लेख गर्नु पर्दछ ।

यदि तपाईँको सन्तान अमेरिकी नागरिक वा अमेरिकाका वैध स्थायी बासिन्दा हुन्भनेउनीहरूको नाम उल्लेख गर्नुपर्दैन तर उल्लेख गरिएको खण्डमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन । आमाबुबा वा दाइभाइ/दिदीबहिनीले आश्रितका रूपमा डिभी नपाउने भएकाले उनीहरूको नाम आवदेनमा
उल्लेख नगर्नुहोला ।

सन्तानको विवरण उल्लेख गर्नेबित्तिकै उनीहरूले भिसाको लागि आवेदन गर्नुपर्ने वा तपाईँसँगै अमेरिका जानुपर्छ भन्ने होइन । तर तपाईँले शुरुको इलेक्ट्रोनिक आवेदनमा  योग्य सन्तानको विवरण उल्लेख गर्नुभएन, वा आफ्नो आश्रित नरहेको व्यक्तिको नाम समावेश गरेमा, तर पछि भिसा आवेदन गर्दा उनीहरूको नाम उल्लेख गर्नुभयो भने तपाईँको आवेदनलाई भिसा अन्तर्वार्ताको समयमा अयोग्य ठहराइनेछ, र तपाईँ वा तपाईँको परिवारका कसैलाई पनि भिसा प्रदान गरिने छैन । आवेदनको समय पश्चात्भएको सन्तानको सम्बन्धमा यो लागुहुँदैन ।

यदि तपाईँको पति/पत्नी डिभीका लागि योग्य हुनुहुन्छ भने उहाँले पनि छुट्टै आवेदन भर्न सक्नुहुन्छ तर उहाँले पनि परिवारका सबै योग्य आश्रितहरूको विवरण उल्लेख गर्न छुटाउनुहुँदैन ।

श्रोत : अमेरिकी विदेशमन्त्रालय

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com