इन्फोग्राफिक्स : डिभी २०२२ का लागि यसरी दिनुहोस् आवेदन


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

१, डिभी लोटरीको आवेदन दिंदा राम्रोसँग निर्देशिका पढ्नुहोस् । यो निर्देशिका अमेरिकी सरकारको वेवसाइटमा उपलब्ध छ ।

२, अक्टोबर ७, २०२० को मध्यान्हदेखि नोभेम्बर १०, २०२० को मध्यान्हसम्ममात्र अमेरिकी सरकारको वेवसाइटबाट आवेदन दिनुहोस् । एउटा व्यक्तिले एउटाभन्दा बढी आवेदन दिएमा विशेष प्रणालीले पत्ता लगाएर सबै आवेदन अस्वीकृत गर्छ ।

३, आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित गर्नुहोस् । अनलाइनबाट आवेदन सब्मिट गरेपछि कन्फर्मेशन नम्बर इमेलमा वा प्रिन्ट गरेर सुरक्षित तरिकाले राख्नुहोस् । अरुलाई नदिनुहोस् ।

४, मे ८, २०२१ देखि सरकारी वेवसाइटमै गएर आफूलाई डिभी परे नपरेको चेक गर्नुहोस् । आफ्नो कन्फर्मेशन नम्बर राखेर चेक गर्नुहोला । परेको भएमा बाँकी प्रकृया अगाडि बढाउनुहोस् ।

५, डिभीका लागि छनौट भएको खण्डमा अमेरिकी दूतावास वा कन्सुलेटबाट भिसा प्रकृयाका लागि तत्काल अनलाइनबाट डीएस २६० भर्नुहोस् । अमेरिकी सरकारले इमेल वा पत्रमार्फत डिभीमा छनौट भएको जानकारी गराउँदैन । डिएस २६० भर्दा आफ्नो केस नम्बर हाल्नुपर्छ ।

६, त्यसपछि आवेदकले भिसाका लागि अन्तरवार्ताको मिति प्राप्त गर्नेछन् । आप्रवासी भिसा शुल्क अन्तरवार्ताका बेलामा दूतावास वा कन्सुलेटमा तिर्न सकिन्छ । डिभी आवेदकका लागि अमेरिकी सरकारले लिने शुल्क भने यही एउटामात्र हो ।

इन्फोग्राफिक्स श्रोत : अमेरिकी सरकारको विदेशमन्त्रालय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com