विश्वभरका ४ दर्जनलाई उछिन्दै गोठालोको जीवनमा आधारित नेपाली डकुड्रामा अमेरिकामा उत्कृष्ट


प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार

हिमाली क्षेत्रको भेडी गोठालोको जनजीवनमा आधारित वृत्तचित्र फिल्म अ डे इन द लाइफ अफ हिमालयन सेफर्ड अमेरिकाको सिकागोमा आयोजित चलचित्र महोत्सवमा ‘आलदेरी अवार्ड’ जित्नुका साथै बेष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्न सफल भएको छ ।

अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बेष्ट डकुमेन्ट्री सर्ट फिल्म घोषणा गरिएको थियो । उक्त महोत्सवमा झण्डै ४ दर्जन बृत्तचित्र, छोटा चलचित्र र म्युजिक भिडियोहरु नोमिनेशनमा परेका थिए ।

उत्कृष्ट ८ मा पुगेकाहरुबाट यो डकुड्रामा सर्वोत्कृष्ट भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त डकुड्रामाको निर्देशक मानछिरिङ तामाङले गरेका हुन् ।

अब उक्त डकुड्रामा लसएन्जलसको चलचित्र महोत्सवमा एक हप्तासम्म प्रदर्शन हुनेछ ।

पत्रकारिता क्षेत्रमा समेत सकृय तामाङले धादिङ जिल्लाको रुबी भ्यालीभेगको भेडापालनलाई आधार बनाएर २० मिनेटको डकुड्रामा बनाएका हुन् ।

धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् ।

यसअघि पनि उनको छोटोचलचित्र अमेरिकाको न्युजर्सीमा भएको नेवार्क सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट घोषणा भएको थियो ।

डकुड्रामा अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशमा भएमा आधादर्जन महोत्सवमा प्रदर्शन भइसकेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com