डिभी २०२१ : भिसाको लागि आवेदन दिनुअघि राहदानीको म्याद सकिएमा वा हराएमा के गर्ने ?


प्रकाशित मिति : भाद्र ११, २०७७ बिहीबार

कुनै कारण तपाईँको राहदानी सङ्ख्या परिवर्तन भयो भने केसीसीले तपाईँको डिभी अन्तर्वार्ता निर्धारण गर्नुअघि नै तपाईँले उनीहरूलाई सो परिवर्तन किन भएको हो भन्ने भन्ने प्रमाण उपलब्ध गराउनु पर्नेछ ।

यदि तपाईँले आफ्नो डिभी आवेदनमा नक्कली, गलत, वा अमान्य राहदानी सङ्ख्या पेश गर्नुभयो भने तपाईँको केसलाई अयोग्य ठहराइनेछ वा तपाईँको डिभी आवेदन अस्वीकृत हुनेछ ।

आवेदनका लागि प्रयोग गरिने राहदानीको प्रस्टसँग बुझिने छायाप्रति बनाउनुहोस्र आफ्नो कन्फर्मेशन नम्बर (बारम्बार सोधिने प्रश्न नं २७) सँगै
सुरक्षित स्थानमा राख्न सल्लाह छ ।

आफ्नो आवेदनमा सही राहदानी सङ्ख्या पेश गरियो भन्ने कुराको प्रमाण छायाप्रति मात्र भएर पुग्दैन तर यसले तपाईँको अवस्थालाई बुझाउन मद्दत गर्दछ । यस विषयमा अन्तिम निक्र्यौल कन्सुलर अधिकृतले तपाईँको डिभी अन्तर्वार्ताको समयमा गर्नेछन्।

– ब्यूरो अफ कन्सुलर अफेयर्स

१०५० सम्म केस नम्बर हुने २०२१ का डिभी विजेता नेपालीहरुलाई अक्टोबरमा ग्रिनकार्ड

आर्थिक बर्ष सन् २०२१ को डिभी लोटरी जीतेका १०५० सम्म केस नम्बर हुने नेपालीहरुले आगामी अक्टोबरमा स्टाटस एड्जस्ट गर्न सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण अमेरिका बाहिर रहेका नेपालीहरुले भने जनवरीपछिमात्र भिसा प्राप्त गर्नसक्नेछन् । तर अमेरिकाभित्रै रहेका तर ग्रिनकार्ड नभएका डिभी विजेता नेपालीहरुले स्टाटस एड्जस्ट गर्न सक्ने भएका छन् ।

अमेरिकाभित्रै कानुनी उपस्थीतिमा रहेका १०५० सम्म केस नम्बर हुने नेपालीहरुले अक्टोबरमा ग्रिनकार्ड एडजस्ट गर्नका लागि युएससीआईएसमा सम्पर्क गर्नुपर्ने जनाइएको छ । सन् २०२१ का डिभी विजेताहरुले २०२१ को सेप्टेम्बर ३० अगाडि नै भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । उक्त अवधिभित्र भिसा नलिएमा वा स्टाटस एड्जस्ट नगरेमा उक्त बर्षको डिभीको औचित्य समाप्त हुनेछ ।

२०२१ का लागि डिभी लोटरी विजेता नेपाली ३८०१

आर्थिक बर्ष सन् २०२१ का लागि डिभी लोटरी विजेता नेपालीहरुको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएपनि कतिजनालाई डिभी लोटरी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का डिभी विजेताहरुले ट्रम्पको कार्यकारी आदेश अनुशार गत अप्रिलदेखि भिसा पाउन रोकिएपनि कोरोनाको महामारीका कारण व्यवहारिक रुपमा भने मार्चको तेश्रो सातादेखि नै भिसा रोकिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउने भएपनि कार्यकारी आदेशका कारण सन् २०२० को डिभीको औचित्य समाप्त भएको छ ।

डिभी विजेतामा नेपाल एसियामा दोश्रो

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

सन् २०२० को डिभीमा छनौट भएका २६ सय बढीले भिसा नपाउने

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको छ । सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।

डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् ।

२०२२ को डिभी लोटरी भर्ने मिति आगामी महिना घोषणा गरिने

आर्थिक बर्ष २०२२ का लागि अमेरिकाको डिभी लोटरी भर्ने मिति आगामी महिना घोषणा गरिने भएको छ । डिभी २०२२ का लागि दर्ता अवधि छिट्टै घोषणा गरिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डीभी २०२२ कार्यक्रमका लागि आवेदन दिन रुची हुनेहरुले आगामी दिनमा अमेरिकी विदेशमन्त्रालयको भिसा वेवपेज चेक गर्न सक्नेछन् । डिभी २०२२ मा सहभागी हुनका सरकारको आधिकारिक वेवसाइटमा सुचनाप्रकाशित हुनेछ । कतिपय अनाधिकृत वेवसाइटहरुले डिभी २०२२ का लागि भन्दै विवरण संकलन गरेकाले त्यसबाट सचेत हुनुपर्ने देखिएको छ ।

डिभीको नतिजा चेक गर्न र डिभी भर्न यो वेवसाइटमा क्लीक गर्नुहोला ।

यसैबीच २०२१ का लागि डिभी विजेताहरुको विवरण अमेरिकी सरकारले सार्वजनिक गरेको छ । २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८ सय १ रहेको छ । उनीहरुले गतबर्षको अक्टोबरमा डिभी भरेका थिए ।

डिभी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएपछि गत अक्टोबरमा डिभी भर्नेहरुको संख्या विगतका बर्षहरुको तुलनामा निकै कम रहेको थियो । चालु आर्थिक बर्ष २०२० का लागि विश्वभरबाट झण्डै डेढ करोडले डिभी लोटरी भरेपनि २०२१ का लागि डिभी भर्नेहरुको संख्या झण्डै ६७ लाखमात्र रहेको थियो ।

२०२० को डिभी लोटरीमा परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै २ करोड ३१ लाख सहभागी भएका थिए । तर २०२१ का लागि गत अक्टोबरमा डिभी कार्यक्रममा सहभागी हुनेहरु परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै १ करोड १८ लाखमात्र रहेका थिए ।

२०२१ का लागि विश्वभरबाट १ लाख ३२ हजार ४ सय ४ आवेदकहरु छनौट भएका छन् । उनीहरुमध्ये ५५ हजारले अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com