संगीत सुन्दा उठेर नाच्छिन् कोरोना र स्पानिस फ्लुलाई जीतेकी १०८ बर्षकी अन्ना


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

अमेरिकाको न्युजर्सीमा बस्दै आएकी अन्ना डेलले सेप्टेम्बरको पहिलो साता १०८ औं जन्मदिन मनाइन् ।  उनले आफ्नो जीवनकालमा दुईवटा ठूलाठूला महामारीलाई जीतिसकेकी छिन्, एउटा सन् १९१८ को स्पानिस फ्लु र एउटा अहिलेको कोरोना महामारी ।

सन् १९१८ को स्पानिस फ्लुको बेलामा उनी झण्डै ६ बर्षकी थिइन् । त्यतीबेला उनी न्युयोर्कको बु्रकलिनमा बस्दै आएकी थिइन् । ब्राइटन गार्डेन प्रशासनका अनुशार त्यतीबेला उनलाई स्पानिस फ्लुको संक्रमण भयो । कोरोनाले जस्तै स्पानिस फ्लुले पनि स्वासप्रश्वासमा नै आक्रमण गथ्र्यो । तर उनले स्पानिस फ्लुलाई जितेरै छाडिन् ।

एकसयबर्ष पुग्दासम्म समेत दिनमा झण्डै एकमाइल हिडेर साथीहरुलाई म्याकडोनाल्डमा भेटेर कफी खाने अन्ना अहिले पनि कुनै संगीत सुन्नासाथ उठेर नाच्न थाल्छिन् ।

जुन महिनामा उनी कोरोना संक्रमणबाट निको भएकी थिइन् । उनलाई ज्वरो आउने, खाना नरुच्ने र खोकी लाग्ने भएको थियो । तर उनलाई कहिलेपनि भेन्टिलेटर वा अक्सिजनको आवश्यकता परेन । उनलाई अस्पताल पनि लैजानु परेन । उनी आराम गरेर र घरमै हेरचाहबाट निको भइन् । उनलेमात्र होइन, न्युयार्कको क्वीन्समा बस्ने उनकी १०५ बर्षकी बहिनीले समेत कोरोनालाई जीतेकी छिन् । अन्नाकी बहिनीले स्पानिस फ्लुलाई पनि जीतेकी थिइन्, जतिबेला उनी झण्डै ४ बर्षकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना पतिका साथमा अन्ना । उनका पति दिवंगत भइसकेका छन् ।

अन्ना डेल सन् १९१२ मा जन्मिएकी हुन्, जुन बर्ष टाइटानिक जहाज डूबेको थियो । उनका बाबुआमा दुबै बहिरा थिए । उनीहरुसँग इसारालेमात्र कुरा गर्न सकिन्थ्यो ।

उनका स्वर्गीय पति फ्रयांक प्रोफेशनल ट्यांगो डान्सर थिए । त्यसैले अन्ना डेललाई अहिले पनि गीत संगीतमा खास रुची रहेको छ । अन्ना अहिले पनि नाच्न निकै रुचाउँछिन् । जब उनलाई स्पानिस फ्लुकाबारेका सोधिन्छ, उनी दादुराका बारेमा समेत कुरा गर्न थाल्छिन् ।

उनी अहिले पनि निकै खुशी रहेकी छिन् । आफ्ना पतिसँगका नाचगानका क्षणहरु उनी अहिलेपनि याद गरिरहन्छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com