ह्पाप्पी बर्थडे ओबामा


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

आज पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको जन्मदिन । जन्मदिनको अवशरमा मिशेल ओबामाले एउटा पुरानो पारिवारिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी शुभकामना दिएकी छिन् ।

तस्वीरमा ओबामाका दुई छोरीहरु समेत रहेका छन् । एउटा छोरीलाई ओबामाले काखमा बोकेका छन् भने अर्की छोरी उभिएकी छिन् । अन्य चर्चित सिलेब्रेटीहरुले पनि ओबामालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामा सन् १९६१ को अगस्त ४ मा होनोलुलु हवाईमा जन्मिएका हुन् । ओबामा सन् २००८ र सन् २०१२ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यो भन्दा अगाडि उनले इलिनोयबाट सिनेटरका रुपमा काम गरेका थिए । सन् १९९७ देखि सन् २००४ सम्म भने उनी इलिनोय राज्य संसदका सिनेटर थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com