डिभी लोटरीको कन्मफर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस्
प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार
डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा जुन ६ पछि नै उपलब्ध भइसकेको छ ।
कन्फर्मेशन नम्बर हराएमा यहाँ क्लिक गरेर प्राप्त गर्नुहोला ।
डिभीको कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्म आफूसँग राख्न अमेरिकी सरकारले सुझाव दिएको छ । डिभी लोटरीका लागि चालु आर्थिक बर्षका लागि प्रयाप्त भिसा जारी नभएको खण्डमा थप नम्बरहरु छनौट गर्नसक्ने सम्भावना समेत रहन्छ ।
यसरी चेक गर्नुहोस् परे नपरेको
आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समय अनुशार आज दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिनेछ ।
गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।
विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।
डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।
चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुदे आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन ।
आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।







