अमेरिकन आइडलको टप ११ मा पुगे नेपाली गायक दिवेश, अगाडि बढ्न भोटिङ सुरु


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप ११ मा पुगेका छन् । अब टप ११ बाट अगाडि बढाउन भोटिङ सुरु भएको छ ।

दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् ।

न्युयोर्क समय अनुशार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको हो । भोट तीनप्रकारकाले गर्न सकिनेछ ।

दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

आइफोनमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।

एन्ड्रोइडमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।

वा, तपाईले एबीसी टेलिभिजनको एपमार्फत पनि भोट दिनसक्नुहुनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

एबीसीको एप्लीकेशन आइफोनमा डाउनलोड गर्नुहोस् ।

एबीसीको एप्लीकेशन एन्ड्रोइडमा डाउनलोड गर्नुहोस् ।

एबीसी टेलिभिजनको वेवसाइटमा गएर पनि पहिले नै सृजना गरेको एकाउन्ट लगइन गरेर १० पटकसम्म भोट दिन सकिनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला । 

भोट झण्डै १३ घण्टासम्म दिनसकिनेछ । न्युयोर्क समय अनुशार मे ४ सोमबार विहान ९ बजेसम्म अर्थात् नेपाली समय अनुशार सोमबार बेलुका पौने ७ बजेसम्म भोट दिन सकिनेछ ।

एबीसीको वेवसाइट र एप्लीकेशनमार्फत भोट दिनका लागि १६ बर्ष पुरा भएको तथा अमेरिका, भर्जिन आइल्याण्ड र पोर्तोरिकोमा रहेको व्यक्ति हुनुपर्ने अमेरिकन आइडलले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com