अप्रिलमा १० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाई ग्रिनकार्ड

आगामी अप्रिल महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी अप्रिलमा १० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाइ भिसा प्रदान गरिने भएको छ ।

फरबरीमा ७५ सय ७५ सम्म केस नम्बर हुने र मार्चमा ८ हजार ८ सयसम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।

तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो । डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो भने जनवरीमा ६५ सयसम्म केस नम्बर हुने नेपालीले भिसा पाए ।

Loading...

 

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

Loading...

यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले आगामी मे ५ मा नजिता प्राप्त गर्नेछन् । उनीहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com