पार्कर खेलमा अमेरिकामा दिनेशले राखे विश्व रेकर्ड, गिनिज बुकमा दर्ता


प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेलमा नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।  दिनेशले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड राखेका हुन् ।

यसअगाडि उनले पार्कर खेलमा तीनवटा विश्व रेकर्ड कायम गरिसकेका छन् । यो उनको चौथो विश्व रेकर्ड हो । चौथो विश्व रेकर्ड गिनिज बुकले स्वीकार गरेको र प्रमाणपत्र समेत प्राप्त भइसकेको दिनेशले जानकारी दिए । गिनिज बुकका अहिलेसम्म उक्त विधामा एकघण्टाको अवधिमा जम्मा २ सय ब्याक फ्लिप्सको रेकर्ड रहेको छ ।

गिनिज बुकमा उनको नयाँ रेकर्ड यहाँ उपलब्ध छ ।

उनले पार्कर खेलमा यसभन्दा अगाडि तीनवटा विश्वरेकर्ड कायम गरिसकेका छन् । यो उनको चौथो विश्व रेकर्ड हो । चौथो विश्व रेकर्ड गिनिज बुकले स्वीकार गरेको र प्रमाणपत्र समेत प्राप्त भइसकेको दिनेशले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रालिको सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको छुट्टै विधामा ब्याक फ्लिप्स गर्दै दिनेशले चौथोपटक विश्व रेकर्ड राख्न सफल भएका हुन् । अमेरिकाज गट ट्यालेन्टमा भाग लिन आएका दिनेशले अमेरिकामा अडिसनको रिजल्ट समेत कुरिरहेका छन् ।

पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।

विश्व रेकर्डका लागि अमेरिकामाको भर्जिनियामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी लगायतका राज्यबाट नेपालीहरु उपस्थीत रहेका थिए ।

उनले सन् २०१७ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्वरेकर्ड कायम गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com