ग्रयामी अवार्ड पर्सी, नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम पनि मनोनयनमा


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

यसपटक ग्रामी अवार्डलाई नेपालीहरुले पनि चासोका साथ हेरिरहेका छन् । किनभने नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम विश्वचर्चित ग्रामी अवार्डको मनोनयनमा परेको छ । पर्सी जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयनमा परेको हो ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलो पटक प्रवेश पाएको हो ।

यो एल्बम जर्मन गायिका देवा प्रेमलको स्वरमा रहेको छ । सिंह पछिल्लो समय अमेरिका बसेर गायिका प्रेमल र उनका पति मिटेनसँग सांगीतिक सहकार्य गर्दै आइरहेका छन् । बौद्ध र हिन्दु मन्त्रमा आधारित यो एल्बमका बाँसुरीवादक सिंह हुन् ।

७ वटा गीत समेटिएको एल्बममा स्लो योगा शैलीको अध्यात्मिक संगीत र गायन समेटिएका छन् । मेडिटेटिभ र स्पिरिचुअल संगीतका लागि चिनिएकी गायिका प्रेमलले एल्बम ‘देवा’ गायत्री मन्त्रको सत चक्रबाट सुरु गरेकी छन् । एल्बमको अन्तिममा पनि गायत्री मन्त्रकै सात चक्रको मिक्स भर्सन सुन्न सकिन्छ ।

सुन्दै गर्दा आत्मिक आनन्द मिल्ने यी मन्त्र गायनमा सिंहले गरेको बाँसुरीवादन निकै कर्णप्रिय छ । काठमाडौं बौद्धमा हुर्की बढेका सिंह आठ वर्षको उमेरदेखि नै बाँसुरीतिर तानिएका थिए । हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका उनले ग्रामीका लागि नोमिनेट भएकोमा निकै खुशी व्यक्त गरेका छन् ।

देवा एल्बम यसमा समावेश गीतहरु सुन्न यहाँ क्लिक गर्नुहोला

 

सबै तस्वीर फेसबुकबाट साभार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com