अमेरिकाज गट ट्यालेण्टमा भाग लिन आएका दिनेशबाट चौथो विश्व रेकर्ड प्रयास


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अमेरिकाज गट ट्यालेण्टमा भाग लिन अमेरिका आएका नेपाली पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलमा चौथो विश्व रेकर्डको प्रयास गरेका छन् । उनले यसभन्दा अगाडि तीनवटा विश्वरेकर्ड कायम गरिसकेका छन् । ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रालिको सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको अर्को छुट्टै विधामा ब्याक फ्लिप्स गर्दै चौथोपटक विश्व रेकर्डको प्रयास गरेका छन् ।

नयाँ रेकर्ड दर्ताका लागि गिनिज बुकमा पठाइएको छ । गिनिज बुकले स्वीकार गरेपछि यो नयाँ विश्व रेकर्डका रुपमा कायम हुनेछ । पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।

विश्व रेकर्डका लागि अमेरिकामाको भर्जिनियामा कार्यक्रम गरिएको थियो । गिनिज बुकका अहिलेसम्म उक्त विधामा एकघण्टाको अवधिमा जम्मा २ सय ब्याक फ्लिप्सको रेकर्ड रहेको छ । दिनेशले भने ४६० पटक ब्य्याक फ्लिप्स गरेका छन् ।

कार्यक्रममा भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी लगायतका राज्यबाट नेपालीहरु उपस्थीत रहेका थिए । यो किर्तिमानको प्रमाणपत्र आउन झण्डै एकसाता लाग्ने अनुमान गरिएको छ ।

उनले सन् २०१७ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्वरेकर्ड कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com