फोर्ब्समा नेपाली मूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौट


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

विजय थापा 

बिश्वप्रख्यात फोर्ब्स पत्रिका द्वारा नेपाली मूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौटमा परेका छन् । फोर्ब्स पत्रिकाले गत बर्ष डिसेम्बर ३ का दिन अन्य देशबाट अमेरिका आई व्यवसाय गर्ने युवाहरुको सूची प्रकाशित गरेको थियो ।

हरेक बर्ष यस विधामा उक्त पत्रिकाले थुप्रै विधामा उल्लेखनीय योगदान तथा सफलता हासिल गर्ने युवाहरुलाई प्रोत्साहन स्वरुप ३० जनाको सूची प्रकाशित गर्ने क्रममा नेपाली मूलका गौतम ३० जना भित्र परेका हुन् । २४ बर्षिय गौतम उक्त सूचीमा पर्ने सबैभन्दा कान्छा उद्यमी हुन् ।

गौतमलाई प्रविधि विधामा र उक्त उमेर भित्र उल्लेखनीय काम काम गरे वापत फोर्ब्सले सम्मान गरेको हो । उनि सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनि )का सह संस्थापक/संचालक हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनि) सुरक्षा जाँच सम्बन्धि मूलत विमानस्थल लगायत सुरक्षा दिने स्थानहरुमा यात्रीहरुले ल्याएका झोला बाकसहरुमा अबैध र प्रतिबन्धित सामानहरु ल्याएको या नल्याएको बारेमा जानकारी दिने सफ्टवेयरको निर्माण गर्दछ ।

साथै एक देशबाट अर्को देशमा कुनै पनि हुलाक या द्रुत सेवाबाट पठाइएका गैर कानुनी सामग्रीहरुको समेत सिन्याप्स टेक्नोलोजी प्रतिष्ठानले पत्ता लगाउने र सुरक्षा निकायलाई सुचना दिने काम गर्दछ ।

को हुन् सिमान्त गौतम ?

नेपाल सिरहा जिल्ला बढहरी गाउँ पालिकाका गौतम काठमाडौ बानेश्वर हुदै अमेरिका ७ बर्षका उमेरमा आएका हुन् । अमेरिकाको भर्जिनिया शार्लोट्सभिल निवासी गौतम हाल ३ बर्ष देखि क्यालिफोर्निया(शिलिकन भ्याली ) मा व्यवसाय संचालन गर्दै आएका छन् ।

गौतम मातापिताको साथ विविधता चिट्ठा (डिभी )अन्तर्गत सन् २००२ मा पेन्सेलभेनिया आएका हुन् भने पछि भर्जिनिया शार्लोट्सभिलमा बसाई सरेका हुन् । भर्जिनियामा अध्ययन समाप्त पछि उनले म्यासचुसेट्स राज्यको बोस्टन स्थित बिश्व प्रख्यात एमआइटि बिश्वबिद्यालयबाट सूचना प्रविधिमा स्नातक गरेका हुन् ।

गौतम केही समय नासामा पनि काम गरेका छन् । नासाले अविष्कार गरेको सुक्ष्म ग्रहको नाम २८४८८ गौतम (28488 Gautam)भनि राखिदिएको छ ।

उनले माध्यमिक बिद्यालय अध्ययन गर्दै गर्दा गणितमा अन्तर्राष्ट्रिय पुरस्कार पाएकोले उनलाई सम्मान स्वरुप नासाले २८४८८ गौतम (28488 Gautam) नाम दिएको हो ।

गौतमले एमआईटि अध्ययन कै क्रममा अन्तिम बर्षमै व्यवसाय थालनी गरेका थिए । उनलाई आर्टिफिसिएल ईन्टेलिजेन्स ( उपकरणलाई ज्ञान दिने )को ७ वटा बिषयमा एकस्व अधिकार(पेटेन्ट राइट )को अविष्कार गरे वापत पेटेन्ट पुरस्कार प्रदान गरेको थियो ।

गौतमले ईनेप्लिज संग कुरा गर्दै भबिष्यमा यस्ता सूचना प्रविधिको कम्पनि(प्रतिष्ठान)को निर्माण र विकास गर्ने योजना समेत रहेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com