अमेरिकी दूतावासले जनवरीभर नेपाललाई उत्कृष्ट गन्तब्यका रुपमा प्रचार गर्ने


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनवरी महिनाभर नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा प्रचारप्रसार गर्ने भएको छ । नेपालमा भ्रमण बर्ष २०२० सुरु भएसँगै अमेरिकी दूतावासले यस्तो निर्णय गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीटरमार्फत भ्रमण बर्षलाई सघाउन जनवरी महिनाभर नेपालस्थीत अमेरिकी मिशनका सबै सामाजिक सञ्जालहरुमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा प्रचार गर्ने घोषणा गर्नुभएको छ ।

आउने केही साता नेपालस्थीत अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर सामाजिक सञ्जालमार्फत प्रकाशित गर्ने भपनि अमेरिकी दूतावासले जनाएको छ । नेपाल घुम्न आउने हजारौं अमेरिकी पर्यटकजस्तै नेपालको सुन्तरतामा रमाउन मन पराउन पराउने कर्मचारीका अनुभव दूतावासले सार्वजनिक गर्ने भएको छ ।

राजदूत बेरीले गएको बर्ष नेपाल भ्रमण गर्दाका क्षणहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाल पर्यटन बोर्डलाई कार्यक्रमको सफलताको शुभकामना समेत दिइएको छ ।

यसैबीच अमेरिकी राजदूत बेरीले आफ्नो नयाँ बर्षको रिज्योलुशन नेपालका धेरै भन्दा धेरै स्थलको भ्रमण गर्ने रहेको बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com