Terms of Service/ Privacy (Nepali)

– अहिलेसम्म खसोखासमा कुनै सामाग्री पढ्नका लागि शुल्क लाग्दैन । तर खसोखासका प्रिन्ट भर्सनहरु पढ्न भने शुल्क तिर्नुपर्ने हुनसक्छ ।

– खसोखासको वेवसाइट, युट्युब, फेसबुक, एप्पल न्यूज लगायत कुनै पनि प्लेटफर्मका कुनै सामाग्रीहरु शेयर गर्न र आफ्नो व्वसाइटमा इम्बेड गर्न अनुमति छ । तर हुबहु प्रकाशित गर्नुपरेमा भने अनुमति लिन जरुरी छ ।

– खसोखासका वेवसाइट, युट्युब, फेसबुक, कुनै पनि प्लेटफर्मममा प्रकाशित सामाग्रीहरुमा अश्लिल, कुनै व्यक्तिप्रति आक्रमक र पूर्वाग्रहीपूर्ण कमेन्ट गर्न अनुमति छैन । त्यस्तो कमेन्ट गरेमा कमेन्ट हटाउने, सम्पादन गर्ने, प्रयोग कर्तालाई आंशिक वा पूर्णरुपमा प्रतिबन्ध लगाउने अधिकार खसोखासलाई छ ।

– तपाईंले पठाउने सन्देश वा कमेन्ट सभ्य र सबैलाई सुहाउने खाले हुनुपर्छ । विगार्ने नास्ने, अपमानजनक र दुर्व्यवहार हुने कार्यहरु गर्न हुंदैन । तपाईंले पठाउने सन्देशहरू सृजनात्मक र नम्र, दुष्ट्याईंपूर्ण नभएको र समस्या खडा गर्ने नियतबश नगरिएको हुनुपर्छ। गैरकानूनी वा अपमानजनक सामग्री पठाउन हुंदैन । गैरकानूनी, अरूलाई हैरानी दिने, गाली गलौज, दुर्व्यवहारपूर्ण, धम्काउने, हानीकारक, अश्लील, फोहर गाली, यौनगत, जातीय रूपमा अस्वीकार्य अथवा अरू हिसाबले पनि स्वीकार गर्न नसकिने सामग्रीहरू स्वीकार्य हुनेछैनन् ।

– खसोखासमा प्रकाशित कुनै सामाग्री अनुपयुक्त लागेमा तपाईले खसोखासको इमेल ठेगाना [email protected] मा इमेल पठाउन सक्नुहुनेछ । हाम्रो टिमले पुनरावलोकन गरेर सच्याउन, हटाउन वा स्पष्ट पार्न सक्नेछ ।

– खसोखासले तपाईका कुनै पनि व्यक्तिगत डाटाहरु राख्दैन र दुरुपयोग गर्दैन । सब्सक्राइब गरेको खण्डमा प्रयोगकर्ताका इमेलहरु भने खसोखाससँग रहन्छन् । तर त्यस्ता इमेलहरु खसोखासले तेश्रो पार्टीलाई दिने, बेच्ने वा दुरुपयोग गर्ने गर्दैन ।

– खसोखासले यि नियम तथा शर्तहरू बेला बेलामा परिवर्तन गर्ने गर्दछ त्यसैले तपाईंले नियमित रूपमा यि शर्तहरू हेरिरहनुपर्दछ। थप गरिएका वा सुधारिएका शर्तहरूमा तपाईंको सहमति छैन भने कृपया यो वेबसाइट प्रयोग गर्न बन्द गर्नुहोस्।

– तपाईं खसोखासको प्रयोग कानूनसम्मत प्रयोग मात्र गर्नुपर्छ । यो वेबसाइट प्रयोग गर्ने अरूहरूको अधिकारलाई उलंघन गर्ने वा रोक्ने कुनै कार्य गर्न पाउनुहुनेछैन । प्रतिबन्धित व्यवहारहरूमा, अश्लील अथवा अपमानजनक सामग्रीहरु पठाएर अथवा खसोखासमा सामान्य बहसको प्रकृयामा अवरोध खडा गरेर अन्य व्यक्तिलाई मर्का वा अप्ठ्यारोमा पर्ने खालका गतिविधि गर्न पाइने छैन ।

– आफ्नो सामग्रीहरू टेक्स्ट, फोटो, तस्वीर, चित्र, भिडियो वा अडियो खसोखाससँग आदानप्रदान गरेर ति सामग्रीहरू खसोखासलाई चाहे जसरी निशुल्क प्रयोग गर्न अनुमति दिन सक्नुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com