विश्वकै ‘पातलो र हल्का’ फोन ल्याउने तयारीमा डोकोमो


प्रकाशित मिति : कार्तिक ५, २०७५ सोमबार

 

जापानको मोबाइल फोन अपरेटर एनटीटी डोकोमोले आगामी महीना अल्ट्रालाइट फोन बजारमा ल्याउने घोषणा गरेको छ ।

आफ्नो फोनमा गेम खेल्न र भिडियो हेर्न सजिलो होस् भन्ने चाहना राख्नेहरुका लागि निर्माताहरुले ठूलो स्क्रिन भएका स्मार्टफोनको उत्पादनमा जोड दिइरहेका छन् । तर सिम्पल र बोक्न सजिलो हुने खालको स्र्माफोन रोज्नेहरुको सङ्ख्या पनि कम चाहिँ छैन । यसैलाई मध्यनजर राख्दै डोकोमोले हल्का र पातलो फोन ल्याउने तयारी गरेको कम्पनीका अध्यक्ष काजुहिरो योशिजावा फोन कल गर्न र साना सान मेसेजहरु चेक गर्न मात्र चाहनेहरुप्रति लक्षित हुने बताइएको छ ।

यसको स्क्रिन २ दशमव ८ इञ्चको रहेको छ भने यसमा क्यामरा वा हेडफोन ज्याक केही पनि छैन । कोसेरा कर्पोरशेनले बनाएको सो फोनको तौल जम्मा ४७ ग्राम रहेको र यो फोन ५ दशमलव ३ मिलिमिटर पातलो रहेको बताइएको छ । जसलाई बिजनेश कार्ड बोक्ने पर्समा समेत राख्न सकिन्छ ।

यो विश्वकै सबैभन्दा हल्का र पातलो फोन रहेको कम्पनीको दाबी छ । यो फोनको खुद्रा मूल्य ३२ हजार येन रहने डोकोमाले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com