नेपालमै पहिलो पटक महिनावारी बन्द भएको ४ वर्षपछि ‘टेस्ट ट्यूब बेबी’


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

नेपालमा पहिलो पटक एक ५४ वर्षीया महिलाले टेष्ट ट्यूब बेबी (बच्चा) जन्माएकी छन् । काठमाडौं डिल्लीबजारकी ति महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

शल्यक्रिया मार्फत उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन । बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएका हुन् । अस्पतालले महिलाको नाम गोप्य राखेको छ ।

ललितपुरमा रुहेको अल्का अस्पतालमा टेष्ट ट्युबको प्रक्रिया थालेकी ति महिलाले काठमाडौंमा रहेको बयोदा अस्पतालमा सल्यक्रिया मार्फत जुम्ल्याह जन्माएकी बयोदा अस्पतालले जनाएको छ ।

दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महिनावारी रोकिएपछि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो । महिनावारी बन्द भएकोले पहिले उनलाई महिनावारी नियमित गराउने औषधी दिएको थियो । उनको पाठेघरको जाँच गर्दा कुनै समस्या देखिएको थिएन ।

उनको महिनावरी पनि सुरु भएपछि टेष्ट्युव वेवीको लागि गरिएको पहिलो प्रयासमा नै सफल भएको डा .शर्माको भनाइ छ । उनको उच्च रक्तचापका कारण अस्पतालले शिशु जन्माउने मिति भन्दा पहिले नै शल्यक्रिया गरी बच्चा निकाल्नु परेको हो ।

डा. शर्माका अनुसार आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा यस्तो प्रविधिबाट बच्चा जन्माउन लगभग तीन लाख रुपैया सम्म खर्च हुने गर्दछ । डा.शर्माले भनिन्, ‘इच्छा भए सन्तान जन्माउन उमेरले छेक्दैन रहेछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com