दलित पत्रकारको राष्ट्रिय सम्मेलन पाल्पामा


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

नेपाल पत्रकार महासङ्घमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएकोे छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासङ्घले मूल समिति र छ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद, विभिन्न सञ्चारमाध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ । देशभरबाट झण्डै एक सय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com