जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार्ने


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

सन् २०२० को जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार गर्ने भएको छ । यस अगाडि जुलाई २ पछि पुराना फर्म अस्वीकार गर्ने बताएपनि त्यो अवधि जनवरी १ सम्मका लागि थप गरिएको हो ।

फर्म आई ९१८ को अप्रिल २४, २०१९ को संस्करण पूर्णरुपमा जनवरी १ देखि लागु हुनेछ । दुईमहिनाको समय प्रयाप्त नहुने भन्दै युएससीआईएसले समय थप गरेको हो ।

फर्म आई ९१८ का साथमा यु गैरआप्रवासी स्टाटस प्रमाणपत्रको बी परिपूरक फर्मको नयाँ संस्करण पनि जनवरी १ देखि नै पूर्णरुपमा लागु हुनेछ । नयाँ फर्मको एक्सपायर मिति सन् २०२१ को अप्रिल ३० सम्म तोकिएको छ ।

नयाँ फर्म प्रयोग गर्न चाहने आवेदकले अहिले नै नयाँ फर्म प्रयोग गर्न सक्नेछन् ।

फर्म आई ९१८ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

परिपूरक बी फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com