देशनिकालाको आदेश पाएरपनि अमेरिकामा बसिरहेकाहरु १० लाख, नेपालीहरुमात्र झण्डै २ हजार


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेकाहरुको संख्या १ लाख रहेको जानकारी दिएका छन् । उनीहरु अमेरिकाबाट देशनिकालाको पहिलो प्राथमिकतामा पर्ने समेत उनले बताएका छन् ।

अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरुलाई टीपीएसले समेटेको भएतापनि देशनिकालाको आदेश पाएका तर टीपीएसले नसमेटेका नेपालीहरु तत्काल जोखिममा रहेका छन् ।

अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेका नेपालीहरुको संख्या झण्डै २ हजारको हाराहारीमा रहेको छ । सन् २०१५ भन्दा अगाडि अमेरिकाबाट देशनिकालाको आदेश पाएका तर अमेरिका ननछाडेका नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका थिए । तर उनीहरुमध्ये अधिकांशलाई अहिले टीपीएसले समेटेको छ । टीपीएस समाप्त भएपछि भने उनीहरुमध्ये अधिकांशले अनिवार्यरुपमा अमेरिका छाड्नुपर्नेछ ।

सन् २०१६ देखि देशनिकालाको आदेश पाएर पनि अमेरिका नछाडेका र टीपीएसले नसमेटेका नेपालीहरु झण्डै ५ सयको हाराहारीमा रहेको जनाइएको छ । उनीहरुलाई आइसले नियन्त्रणमा लिएमा तत्काल देशनिकालामा पर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com