टीपीएस वाहक नेपालीले यसरी गर्नुहोस् जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

टीपीएस वाहक नेपालीले जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण गर्दा निश्चित कागजातको प्रयोग गर्नुपर्ने हुनसक्छ । टीपीएसवाहक नेपालीको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएपनि कतिपय राज्यमा ड्राइभर लाइसेन्सको अवधि भने स्वत नविकरण हुँदैन ।

वर्क परमिटको अवधि स्वत थपिने भएपनि म्याद भने जुन २४ सम्मकोमात्र उल्लेख हुने भएकाले ड्राइभर लाइसेन्स नविकरणका लागि एलियन नम्बर वा आई ९४ नम्बर हुनु अनिवार्य छ । युएससीआईएसको सेभ कार्यक्रम प्रयोग गरेर व्यक्तिको स्टेटस चेक गर्ने राज्यका एजेन्सीहरुले एलियन नम्बर वा आई ९४ नम्बरको प्रयोग गरेर स्टेटस चेक गर्न सक्छन् ।

आई ७९७ अर्थात् नोटिस अफ एक्सनमा पनि एलियन नम्बर हुने गर्छ । यो टीपीएसका लागि दिएको आवेदन स्वीकृत भएको सुचना हो । त्यस्तै वर्क परमिटमा पनि एलियन नम्बर हुनेगर्छ । परोल डकुमेन्ट भएको खण्डमा पनि त्यसमा एलियन नम्बर हुनेगर्छ । आई ९४ पेश गरेर त्यसमा भएको आई ९४ नम्बरबाट पनि सेभ कार्यक्रम अन्तरगत व्यक्तिको स्टेटस चेक गर्न सकिन्छ ।

सेभ कार्यक्रम अन्तरगत स्टेटस चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

टीपीएसका कागजात स्वत नविकरणबारे डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेडरल रजिस्टर नोटिस प्रकाशित गरेकोमा उक्त नोटिस प्रिन्ट गरेर राज्य र स्थानीय एजेन्सीहरुमा देखाउनु उपयुक्त हुन्छ । यदि तपाईले टीपीएस सम्बन्धित वर्क परमिट स्वत नविकरण भएको सुचना प्राप्त गर्नुभएको छ भने उक्त सुचनापनि देखाउन सकिन्छ ।

युएससीआईएसको सेभ कार्यक्रममार्फत व्यक्तिको टीपीएस भए नभएको चेक गर्न सकिन्छ । ड्राइभर लाइसेन्स नविकरण गर्दा वा अन्य त्यस्तै प्रयोजनका लागि तपाईले सम्बन्धित निकायलाई सेभ कार्यक्रममार्फत टीपीएसको निरन्तरता हेर्न सकिने विषय ब्याख्या समेत गर्न सक्नुहुन्छ । त्यस्तै सेभ कार्यक्रम मार्फत आफ्नो स्टेटस चेक गर्नका लागि अनुरोध समेत गर्न सक्नुहुन्छ ।

नविकरणमा जाँदा आई ७९७ अर्थात् नोटिस अफ एक्सन वा  पूरानो वर्क परमिट वा परोल डकुमेन्ट वा  आई ९४ का साथमा फेडरल रजिस्टरमा प्रकाशित सुचना प्रिन्ट गरेर लैजानुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com