अमेरिकामा कामदार भिसाको शीघ्र प्रकृया आजदेखि सुचारु


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले एचवान बी कामदार भिसाको आवेदनमा शीघ्र प्रकृया सुचारु गरेको छ । मंगलबारदेखि लागु हुनेगरी आवेदनमा शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस सुचारु गरिएको युएससीआईएसले जनाएको छ ।

थप कागजात मागिएको अनिर्णित आवेदनका सन्दर्भमा थप कागजात सहित शीघ्र प्रकृयाका लागि अनुरोध गर्नुपर्ने जनाइएको छ । एचवान बी भिसाका आवेदकले विधिपूर्वक शीघ्र प्रकृयाका लागि आवेदन दिएपछि त्यसको निर्णय युएससीआईएसले १५ दिनभित्र दिने गरेको छ ।

यदि १५ दिनभित्र निर्णय दिन नसकेको सन्दर्भमा युएससीआईएसले आवेदकको शीघ्र प्रकृयाका लागि लिएको अतिरिक्त शुल्क फिर्ता गरिदिन्छ । र, आवेदनबारे पनि जतिसक्दो छिटो निर्णय दिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com