भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने, दुईसाता सुविधा अवधि थपिने


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने भएको छ । यसअगाडि मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने बताएपनि मार्च ८ देखि नै अनलाइनमा फर्म उपलब्ध गराइने भएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाको अवधि लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म आई ५३९ मा अपडेट गर्न लागिएको हो ।

तर पूराना फर्महरु प्रयोग गर्न सकिने गरी दुईसाताको सुविधा अवधि दिइएको छ । मार्च २१ सम्म आवेदकहरुले पुराना संस्करणका फर्महरु पनि भर्न र पठाउन सक्नेछन् । तर मार्च २२ पछि पुरानो संस्करणका फर्महरु पठाएमा आवेदन अस्वीकार गरिनेछ । मार्च २२ पछि फरबरी ४, २०१९ को मिति भएको नयाँ फर्ममात्र स्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

मार्च २२ पछि डिसेम्बर २३, २०१६ वा त्यो भन्दा अगाडिको मिति भएको फर्मका संस्करणहरु सिधै अस्वीकार गरिने भएको छ । अहिले भिसा लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म डिसेम्बर २३, २०१६ को मिति भएको फर्म हो । जसको एक्सपायर मिति अप्रिल ३०, २०१८ तोकिएको छ ।

नयाँ फर्ममा आएको परिवर्तन अनुशार फर्म आई ५३९ का हरेक सह आवेदकहरुले छुट्टै फर्म आई ५३९ ए हस्ताक्षर सहित पेश गर्नुपर्नेछ । जुन फर्म मार्च ८ देखि वेवसाइटमा राखिनेछ । तर १४ बर्ष मुनिका बालबालिका र मानसिक अशक्तहरुका सन्र्दभमा भने अभिभावकले हस्ताक्षर गर्न सक्नेछन् ।

हरेक आवेदक र सह आवेदकले औंठाछापका लागि लाग्ने ८५ डलर शुल्क बुझाउनु पर्नेछ । त्यस्तै हरेक आवेदक र सह आवेदकले औंठाछापका लागि छुट्टै सुचनाहरु प्राप्त गर्नेछन् । हरेकका लागि छुट्टै रिसिप्ट नम्बर प्राप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com