मलेसियामा अवैधानिक रुपमा बसेका ४७ नेपाली कामदार पक्राउ


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।  मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ ।

हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ ।

पक्राउ परेका कतिपय एउटै कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com