नयाँ के छ - Page 1567 of 1700 - KHASOKHAS

नयाँ के छ

बजार भाउ भन्दा सस्तोमा चामल

खाद्य संस्थानले बजार भाउ भन्दा किलोमै १० रुपैयाँ सस्तोमा चामल बिक्री गरिरहेको छ। संस्थानको थापाथलीको अञ्चल कार्यालय र ललितपुरको नख्खुबाट चामल बिक्री भइरहेको छ।तर उपभोक्ताले भने १० रुपैयाँ महँगो तिरेर किराना पसल र डिपार्टमेन्टल स्टोरबाट चामल किनिरहेका छन्। संस्थानले किलोको ४५ रुपैयाँमा बिक्री गरिरहेको चामल व्यापारीले भने ५५ रुपैयाँमा बिक्री गरिरहेको भेटिएको छ।संस्थानले वास्मती चामल …

उम्मेदवारी दर्ताअघि संविधान संशोधन नहुने पक्का

संविधान संशोधन विधेयक पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नहुने पक्का भएको छ । संसद बैठक वैशाख २१ गतेसम्मका लागि स्थगित भएपछि संविधान संशोधनको सम्भावना टरेको हो । संसदको बैठक पाँच दिनका लागि स्थगित भएको छ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची एकाएक रद्द गर्दै पाँच दिनको लागि स्थगित भएको हो । …

राप्रपाःसंविधान संशोधनको पक्षमा मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिनुभयो । पार्टी एकीकरण भएपछि पार्टीेका ३७ …

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो । “ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल …

किन सर्‍यो २१ गतेसम्म संविधान संशोधन नगरी संसद बैठक ?

आइतबार बसेको संसद बैठक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधन गर्ने तयारी भइरहेका बेला एकाएक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । संविधान संशोधन प्रस्ताव जसरी हुन्छ पास गराउने सरकारको तयारी कसैगरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ । …

प्रधानमन्त्रीले भने-बैशाख ३१ मै चुनाव हुन्छ !

बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई आग्रह गरेका छन् । बैशाख ३१ गते नै निर्वाचन हुन्छ, अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पर्न र पार्न जरुरी नरहेको प्रधानमन्त्रीको भनाई छ । आगामी १९ गते उत्सवको रुपमा उम्मेदवारी दर्ताको वातावरण बनाउन व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्नुपरेको जानकारी …

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा तराई÷मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई …

चीनसँग सम्झौता गर्न महरा बेइजिङ जाने

चीनसँग ‘वान बेल्ट वान रोड’ परियोजनामा सम्झौता गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङ जाने जनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो महिना चीन भ्रमणको क्रममा जनाएको प्रतिवद्धता अनुसार बेइजिङमा वान बेल्ट वान रोड ओबर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअघि नै नेपालले चीनसँग सम्झौता गर्ने तयारी गरिएको जनाईएको हो । चीनले बेइजिङमा मे १४ र …

बालबालिकालाई राजनीतिमा प्रयोग गर्न नपाइने

बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । विभिन्न बहानमा बालबालिकालाई निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भन्दै उनीहरुले यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरें । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पाल्पाले तानसेनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिए पनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको दुःख व्यक्त गर्नुभयो …

जथाभावी सडक पार गर्दा होस् गर्नुस् प्रहरीले समात्ला !

महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई कार्वाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैया जरिवाना गर्ने चेतावनी दिनु भएको हो । काठमाडांैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उहाले जेब्रा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com