अमेरिकामा ६५ हजारको कामदार भिसाका लागि ५ दिनमा २ लाख आवेदन, लोटरीबाट छानियो


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

अमेरिकामा कामदार भिसा एचवानबीको ६५ हजारको कोटाका लागि ५ दिनमा २ लाख १ हजार ११ आवेदन परेको युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२० को कामदार भिसाका लागि अप्रिल १ देखि ५ सम्म आवेदनहरु स्वीकार गरिएको थियो ।

परेका आवेदनहरुबाट कम्युटरबाट अटोमेटिक रुपमा लोटरी प्रणालीबाट आवेदनहरु छनौट गरिएको छ । छनौट भएका आवेदनहरुलाई थप प्रकृयामा लगिनेछ । अमेरिकाको कामदार भिसाका लागि ६५ हजारको नियमित कोटा र अमेरिकन डिग्री होल्डरका लागि थप २० हजारको कोटा रहेको छ ।

यो बर्षदेखि ६५ हजारको नियमित कोटामा समेत अमेरिकन डिग्री होल्डरहरुले भाग लिन पाउने नियम बनाइएको छ । विगतका बर्षहरुमा अमेरिकन डिग्री होल्डर बाहेकका विदेशको ब्याचलर वा त्यो भन्दा माथिको डिग्री हुनेहरुलेमात्र ६५ हजारको कोटामा भाग लिन पाउने नियम रहेको थियो ।

अमेरिकन डिग्री होल्डरका लागि तय भएको २० हजारको कोटाका लागि पनि प्रयाप्त आवेदन परिसकेको युएससीआईएसले जनाएको छ । युएससीआईएसले एचवान बी भिसा थप, एचवानबी भिसामा रहेकाहरुको रोजगारको शर्त परिवर्तन, एचवानबी भिसामा रहेकाहरुको रोजगारदाता परिवर्तन लगायतका आवेदन भने अहिले पनि स्वीकार गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com