एसाइलमको मास्टर हेयरिङमा जाँदा आवेदन र विवरण लैजानुपर्छ ?


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

एसाइलमको मास्टर हेयरिङमा जाँदा नै केसको सबै विवरणहरु लैजानुपर्छ कि फाइनल हेयरिङ भन्दा एकदुईमहिना अगाडि बुझाए पनि हुन्छ ?

युएससीआईएसबाट आवेदन अस्वीकृत भएर मुद्दा अदालतमा रहेकाहरुको सन्दर्भमा न्यायाधिसहरुलाई सम्पूर्ण आवेदनको प्रति प्राप्त भइसकेको हुन्छ भने एक प्रति सरकारी वकिलको फाइलमा हुन्छ । त्यसकारण मास्टर हेयरिङमा केही पनि लैजान आवश्यक हुँदैन ।

तर उदाहरणका लागि मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर अध्यागमन जेलमा परेर निस्कनुभयो र मास्टर क्यालेण्डर न्युयोर्कमा भयो भने न्यायाधिस समक्ष जाँदा आफ्नो मुद्दालाई अलिक छिटो गराउने हो भने त्यो दिन एसाइलमको आवेदन र विवरणहरु लिएर जानु उपयुक्त हुन्छ । तत्काल फाइनल सुनुवाई नहुने भएकाले आवेदन र विवरणलाई पुष्टी गर्ने डकुमेन्टहरु भने त्यतीबेला नलैजादा पनि हुन्छ । आफूसँग भएको खण्डमा लैजादा पनि फरक भने पर्दैन ।

यसरी आवेदन र विवरण लिएर गएपछि न्यायाधिसले अन्तिम सुनुवाईको मिति दिन्छ । मेक्सिकोबाट गैरकानुनी रुपमा छिरेकाहरुको सन्दर्भमा आवेदन र विवरणहरु लैजादा हुन्छ । यदि निवेदन तयार भएको छैन भने पनि मास्टर हेयरिङमा गएर आफ्नो निवेदन तयार नभएको बताउनुपर्छ । त्यसो भएमा न्यायाधिसले एकदुईमहिनामा निवेदनसहित बोलानसक्छ । तर सकभर निवेदन र आफूलाई स्वेदश फर्कन के कति कारणले खतरा छ भन्ने विवरण लिएर जानु उपयुक्त हुन्छ ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

अन द स्पट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com