सिड्नीमा डान्स क्लास गएकी बालीकामाथी यौन दुर्व्यवहार


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

अष्ट्रेलियाको सिड्नीमा डान्स क्लास गएकी बालिका यौन दुर्व्यवहारमा परेकी छिन् । बिहिबार सात वर्षिया ती बालीकामाथी यौन दुर्व्यवहार भएको हो ।

बालिका डान्स क्लास गएको समयमा बाथरुम जान निस्कीइन् । क्लासबाट बाथरुम जाँदै गर्दा उनलाई एक व्यक्तिले समातेर पुरुष शौचालयमा लग्यो । केही छिन उनी नआएपछि आमा तथा अन्य विद्यार्थीका अभिभावकले खोज्दै जाँदा उनलाई पुरुष शौचालयमा भेटेका थिए, जहाँ एक पुरुषले उनी माथी जबर्जस्ति गर्न खोजिरहेको थियो ।

अभिभावकहरुले ती बालिकालाई बचाउने प्रयास गर्दा उक्त व्यक्तिले अभिभावक माथी छुरा प्रहार गरेको थियो । हाल सबै व्यक्ति उपचार भएर घर फर्किसकेका छन् भने दुर्व्यवहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com