पोर्चुगलको नागरिकता पाउनेमा टपटेनमा नेपाली,नागरिकता पाउने नेपाली तीनबर्षमा तेब्बर


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् ।

तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता लिने नेपालीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ । सन् २०१५ मा १०२ जना नेपालीहरुले पोर्चुगलको नागरिकता लिएकोमा सन् २०१६ मा २३९ जना नेपालीहरुले लिएका थिए ।

सन् २०१७ मा आइपुग्दा यो संख्या बढेर ३१९ पुगेको हो । सन् २०१५ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा ८७ जना पुरुष र १५ जना महिला रहेका छन् ।

त्यस्तै सन् २०१६ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा १९० जना पुरुष र १ सय ३ जना महिला रहेका छन् । सन् २०१७ मा भने २०१ जना नेपाली पुरुष र ११८ जना महिलाले पोर्चुगलको नागरिकता लिए ।

पछिल्लो तथ्यांक हेर्दा पोर्चुगलको नागरिकता लिनेमा टपटेनमा नेपालीहरु रहेका छन् । यसबारे थप समाचारको लागी यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com