सिमा पार गरेर एसाइलम दावी गरेको एकदिनमै देशनिकाला हुनसक्ने


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

ट्रम्प प्रशासनले एसाइलमका नियमहरुलाई कडाई गर्ने क्रममा नयाँ नियम ल्याएको छ । सिमाक्षेत्रबाट अमेरिका छिरेका कागजपत्रविहिनहरुलाई कम्तीमा ४८ घण्टा हिराशतमा राखेपछिमात्र एसाइलम अफिसरहरुले अन्तरवार्ता लिने र उनीहरुको मुद्दा सुन्ने नियममा परिवर्तन गरिएको हो ।

युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीको नयाँ निर्देशन अनुरुप अब त्यो अबधि घटाएर एक दिनमा झारिएको छ । अर्थात् अब सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेको व्यक्तिलाई एसाइलम अफिसरले हिराशतमा राखिएको एकदिनमा नै अन्तरवार्ता लिएर उसको मुद्दा अस्वीकार गरेर तीब्र गतिको देशनिकालामा राख्न सक्छन् ।

नयाँ नियमले थोरैमात्र क्रेडिबल फियर अन्तरवार्ता सकारात्मक हुने र धेरैलाई देशनिकाला हुने युएससीआईएसका एकजना पूर्व प्रमुख कन्सुलले बताएका छन् । नयाँ नियमपछि आप्रवासीलाई आफ्नो अन्तरवार्ता तयारी गर्ने समय पनि निकै कम हुने भएको छ ।

तीब्रगतिको देशनिकालाको प्रकृया प्रभावकारी बनाउन युएससीआईएसले यो समय घटाएकी युएससीआईएसकी प्रवक्ता जेसिका कोलिन्सले बताएकी छिन् । यो नियमले तीब्र गतिको देशनिकालाको प्रकृयालाई अझ तीब्र पार्ने उनको विश्वास रहेको छ ।

प्रारम्भिक अन्तरवार्ताका क्रममा आप्रवासीले एसाइलम अफिसर समक्ष आफू एसाइलम गर्नका लागि योग्य भएको प्रमाणित गर्न सक्नुपर्छ । उक्त क्रेडिबल फियर अन्तरवार्ताका लागि अहिले आधाभन्दा धेरै एसाइलम आवेदकले एसाइलम अफिसरसँगको अन्तरवार्ताका लागि १० दिन वा त्यो भन्दा धेरै कुर्ने गरेका छन् । अब तत्काल अन्तरवार्ता लिएर तीब्र गतिको देशनिकालामा राख्दा आप्रवासीहरुले कानुन व्यवसायीको सहायता लिनबाट समेत वञ्चित हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com