एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ?

यो अवस्थमा उहाँले दुई किसिमले एड्भान्स परोल लिन सक्नुहुन्छ । एसाइलम स्वीकृत भइसकेको र ग्रिनकार्ड नआइसकेको अवस्थामा रिफ्युजी ट्राभल डकुमेन्ट लिन सकिन्छ । तर ग्रिनकार्ड फाइल गरेको अवस्थामा रिफ्युजी ट्राभल डकुमेन्ट लिएरमात्र गएको खण्डमा ग्रिनकार्डको आवेदन त्यागेको ठहर्छ । त्यसैले प्रकृयामा गइसकेको उक्त आवेदनलाई नत्याग्ने गरी यात्रा गर्नका लागि दुईवटा कागजात बनाउनुपर्ने हुन्छ । एउटा रिफ्युजी ट्राभल डकुमेन्ट र अर्को एड्भान्स परोल ।

ग्रिनकार्ड आवेदन पेन्डिङ रहेको आधारमा एड्भान्स परोल लिएर जान सकिन्छ । तर नेपाली पासपोर्ट छ भने रिफ्युजी ट्राभल डकुमेन्ट विना नै एड्भान्स परोल लिएर उहाँ भारत जान र आउन सक्नुहुन्छ । तर अलिक बढी समय बस्नुपरेको खण्डमा रिफ्युजी ट्राभल डकुमेन्ट बनाएर जाँदा उपयुक्त हुन्छ । एड्भान्स परोल लिएर गएपछि त्यसको अवधि समाप्त नहुँदै फर्कनुपर्छ ।

यदि इमर्जेन्सी एड्भान्स परोल लिनुभएको छ र नियमित एड्भान्स परोल पनि फाइल गरेको अवस्थामा छ भने तपाईले इमर्जेन्सी एड्भान्स परोलमा देश छाड्नासाथ नियमित एड्भान्स परोल त्यागेको ठहर्छ । त्यसैले जुन स्वीकृत एड्भान्स परोल तपाईको हातमा त्यसको मिति अद्यावधिक छँदै फर्कनुपर्छ ।

इमर्जेन्सी एड्भान्स परोल सामान्यतया एकमहिनाको हुन्छ । त्यसैले तपाई त्यस्तो एड्भान्स परोलमा यात्रा गर्दा एकमहिनामा नै फर्कनुपर्छ । नियमित एड्भान्स परोल कुर्नतिर लाग्नुभयो भने समस्या हुनसक्छ । किनभने इमर्जेन्सी एड्भान्स परोलमा यात्रा गर्नासाथ तपाईले फाइल गरेको नियमित आवेदन स्वत त्यागिने र अस्वीकृत हुने हुन्छ ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

अन द स्पट

टक अफ द टाउन युएसए – इमिग्रेशन अपडेट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com