२०२० का लागि डिभी परेका नेपालीको विवरण सार्वजनिक, ३६९६ नेपालीलाई डिभी, विश्वमै तेश्रो


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

अमेरिकी सरकारले आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी परेका नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । सन् २०२० का लागि ३६९६ जना नेपालीहरुलाई डिभी लोटरी परेको अमेरिकी सरकारको विदेशमन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

उनीहरुले सन् २०१८ को अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेका थिए भने सन् २०१९ को मे महिनामा डिभी लोटरीको नतिजा सार्वजनिक भएको थियो । उनीहरुले आगामी अक्टोबर महिनादेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० का लागि डिभी लोटरी पार्नेमा नेपालीहरु विश्वमा नै तेश्रो नम्बरमा रहेका छन् । पहिलो नम्बरमा रसियनहरु र दोश्रो नम्बरमा इरानीहरु रहेका छन् । सन् २०२० का लागि ५ हजार १ सय १८ जना रसियनहरुले डिभी लोटरी पारेका छन् भने इरानीहरु ४१०१ जना रहेका छन् ।

एसियाका मुलुकहरुको तुलना गर्ने सन् २०२० का लागि डिभी लोटरी पार्नेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् इरानीहरु पहिलो नम्बरमा रहेका छन् ।

सन् २०२० का लागि विश्वभरबाट ८३ हजार ८८४ जनाले डिभी लोटरी पारेका थिए । ती मध्येबाट छानिएर ५५ हजारले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । सन् २०२० का लागि विश्वभरबाट १ करोड ४७ लाख २२ हजार ७ सय ९८ जनाले डिभी लोटरी फारम भरेका थिए । उनीहरुका आफन्तहरुसहित डिभीमा सहभागी २ करोड ३१ लाख ८२ हजार ५५४ जना रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com