नेपाली टीपीएसवाहकले जुन २४ पछिको वर्क परमिटका लागि आवेदन दिनुपर्छ ?


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

नेपाली टीपीएसवाहकको वर्क परमिटको अवधि पनि जुन २४ पछि स्वत लम्बिने छ । यो अवधि सन् २०२० को जनवरी २ सम्म लम्बिने छ ।

वर्क परमिट सहितका टीपीएसवाहक नेपालीले नयाँ वर्क परमिटका लागि आवेदन दिन जरुरी छैन ।तपाईको म्याद सकिएको वर्क परमिटले पनि फेडरल रजिस्टरको सुचना सहित जनवरी २ सम्मका लागि अद्यावधिक वर्क परमिट सरह नै काम गर्नेछ । टीपीएस समाप्त नभएको सरकारी सुचनासहित पहिलेकै वर्क परमिटमा काम गर्न सकिन्छ ।

तर यदि तपाई जनबरी २, २०२० सम्म म्याद भएको नयाँ वर्क परमिट प्राप्त गर्न चाहनुहुन्छ भने त्यसका लागि आवेदन दिन पनि सक्नुहुनेछ । जसको टीपीएस पुन दर्ता आवेदन र वर्क परमिट पेन्डिङ अवस्थामा रहेको छ, उहाँहरुको आवेदन स्वीकृत भएमा जनवरी २, २०२० कै मिति सहितको वर्क परमिट प्राप्त गर्नुहुनेछ ।

जनवरी २, २०२० पछिको अवस्था के हुने भन्ने सन्दर्भमा अमेरिकी सरकारले फेडरल रजिस्टरमा त्यो भन्दा अगाडि नै सुचना प्रकाशित गर्नेछ ।

यदि तपाईले नयाँ वर्क परमिट प्राप्त गर्न चाहनुहुन्छ भने उचित शुल्क सहित फर्म आई ७६५ भर्नुपर्नेछ । यदि तपाईले शुल्क तिर्न सक्नुहुन्न भने शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर अनुरोध समेत गर्न सक्नुहुनेछ ।

तपाईले वर्क परमिटका लागि आवेदन दिएपछि एकमहिनादेखि ५ महिनासम्मको अवधि लाग्नसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com