श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ
प्रकाशित मिति : असार ३, २०७६ मंगलबार
आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ परेका छन् । दिपायलबाट संयुक्त रुपमा खटिएको प्रहरीले श्रीमानई पक्राउ गरेको हो ।
दिपायल सिलगढी नगरपालिका(३ सुनार टोल बस्ने ४० वर्षीय तिखे भन्ने कृष्ण नेपालीले सोमबार राति आफ्नै ३६ वर्षीया श्रीमती मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरेको प्रहरीले बताएको छ ।
कृष्णले गैंती प्रहार गरी गम्भीर घाइते भएकी मिनालाई उपचारको लागि नेपाल प्रहरी अस्पताल दिपायलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।