डिभी लोटरी र चेन माइग्रेशनको अन्त्यका लागि बुधबार सिनेटमा पेश बिलका चार प्रावधान


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्दै अमेरिकामा आप्रवासीहरुको संख्या घटाउने बिल बुधबार तीनजना रिपब्लिकन सिनेटरहरुले सिनेटमा पेश गरेका छन् ।

सिनेटरहरु टिम कटन , डेभिड पर्र्डु र जोस हाउलीले ल्याएको रेज एक्ट नाम दिइएको उक्त बिल पारित भएमा वर्तमान रोजगारमा आधारित भिसाको फ्रेमवर्कलाई पुनस्थापित गर्नेछ ।

पहिलो, बिल पारित भएमा डिभी लोटरी कार्यक्रम खारेज हुनेछ । डिभी लोटरी कुनै आर्थिक वा मानवीय रुचीको विषय नभएको भन्दै यसलाई खारेज गर्न खोजिएको छ । यो बिल पारित भएमा हरेक बर्षका लागि छुट्याइएको ५० हजारको डिभी लोटरीको कोटा खारेज हुनेछ ।

दोश्रो, यो बिल पारित भएमा शरणार्थी कार्यक्रममा कोटा लागु हुनेछ । हरेक बर्ष बढीमा ५० हजारको संख्यामामात्र शरणार्थीहरु अमेरिकामा आउन पाउनेछन् ।

तेश्रो, यो बिल पारित भएमा अमेरिकी नागरिकका बुबाआमा, दाजुभाई दिदीबहिनी, अविवाहित २१ बर्ष नाघेका छोराछोरी, विवाहित २१ बर्ष नाघेका छोराछोरी र ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु ग्रिनकार्डका लागि योग्य हुनेछैनन् । अर्थात् यो बिल चेन माइग्रेशनको अन्त्य गर्नेछ ।

चौथो, यो बिल पारित भएमा अमेरिकी नागरिकका बृद्ध बाबुआमालाई अमेरिका ल्याउनको लागि अस्थायी प्रकारको भिसा सृजना गर्नेछ । यो अस्थायी प्रकारको भिसा नविकरण गर्न मिल्नेछ तर यो भिसामा आउनेले काम गर्न पाउनेछैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com