दाँतलाई किराबाट बचाउने उपाय


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

सफा दाँतले मानिसको व्यक्तित्व झल्काउँछ । सफा राख्न नसकेमा दाँत बलिया पनि हुँदैनन् । बलियो नहुँदा धेरै किसिमका समस्या देखा पर्न सक्छन् । हुन पनि आजभोलि विभिन्न कारणले बच्चादेखि वृद्धसम्म सबैको दाँत किराले खाने गरेको छ ।

– दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।

– स्वस्थ दाँत भए हामी स्वस्थ बन्छौँ । खाना खान, सुन्दर देखिन पनि दाँत आवश्यक छ । यो भएन हाम्रो शारीरिक सुन्दरता नराम्रो देखिने मात्रै होइन, दाँत किराले खाएमा खानेकुरा राम्रोसँग खान सकिँदैन र शरीर अस्वस्थ हुन्छ ।

– चकलेट, ड्राई फुड धेरै खाने बालबालिकाको पनि दाँत धेरै कमजोर हुन्छ । यस्तै, बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।
– बिहान–बेलुका खाना खाएपछि अनिवार्य ब्रस गर्नुपर्छ । दाँत सफा गर्दा राम्रो पेस्टको प्रयोग गर्नुपर्छ । खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ ।

– दाँत राम्रोसँग सफा नगर्दा खानेकुरा दाँतमा अड्किन्छ र दाँतमा किरा लाग्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेजस्ता समस्या देखा पर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com