काठमाडौंमै यसरी छापिन्छन् नक्कली नोट


प्रकाशित मिति : कार्तिक ५, २०७५ सोमबार

चाडपर्वको मौका पारेर नक्कली नोटको कारोबार गर्नेहरुको गतिविधि बढेको चाल पाएको प्रहरीले तीन लाख ७० हजार बराबरको नक्कली नोटसहित काठमाडौँ र लिलितपुरका विभिन्न ठाउँबाट पाँचनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने मेसिन पनि बरामद भएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । प्रहरीले गएको शुक्रबार अर्थात दसैँको दिन नेपाली हजार रुपैयाँका २९ वटा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको थियो । उनीहरुले दिएको सूचनाका आधारमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा पर्सा घर भई अहिले कीर्तिपुर बस्दै आएका २७ वर्षका ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई अहिले कीर्तिपुर बस्दै आएका २५ वर्षका नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, पर्सा घर भइ जोरपाटी बस्दै आएका २८ वर्षका राज श्रेष्ठ र कुमारीगाल बस्दै आएका कागेश्वरी काठमाडौँका विकास दोचे महर्जन रहेका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com