अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा तोडियो रेकर्ड, यो बर्षकै उच्च


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

अमेरिकाकी दूतावासले नेपाली विद्यार्थीहरुलाई अ‍ेमरिकाको विद्यार्थी भिसा प्रदान गरेको दरले मे महिनामा रेकर्ड तोडेको छ । आर्थिक बर्ष २०१९ मै नेपालीहरुलाई सबैभन्दा धेरै विद्यार्थी भिसा मे महिनामा प्रदान गरिएको छ ।

मे महिनामा ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका छन् । जब की अप्रिल महिनामा जम्मा ९५ जना नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।

मार्च महिनामा त जम्मा २२ जना नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो । त्यस्तै फरबरी महिनामा ११ जना नेपालीहरुलाईमात्र अमेरिकाको विद्यार्थी भिसा प्रदान गरियो । जुन आर्थिक बर्ष २०१९ कै सबैभन्दा कम हो ।

जनवरीमा ४६ जना नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो भने सन् २०१८ को डिसेम्बरमा १६२ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरे । नोभेम्बरमा १२८ जना र अक्टोबरमा ३५ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com