मैले डिभी लोटरी भरेको थिएँ, के म विद्यार्थी भिसाका लागि योग्य हुनसक्छु ?


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

अमेरिकी दूतावास काठमाडौंको जवाफ

डिभी लोटरी भर्दैमा अमेरिकाको विद्यार्थी भिसाका लागि स्वत अयोग्य भइदैन । तर डिभी लोटरी भर्नुको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न जान चाहनुहुन्छ भन्ने हो । अमेरिकाको विद्यार्थी भिसाका लागि योग्य हुनका लागि तपाईले आफ्नो पढाई समाप्त भएपछि अमेरिका छाडेर फर्कने ग्यारेन्टी देखाउन सक्नुपर्छ ।

त्यसैले जब तपाईले अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिनुहुन्छ, त्यतीबेला तपाईले अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने योजना कायम नरहेको कुरा व्याख्या गर्न सक्नुपर्छ । डिभी भरेका ठूलो संख्यामा विद्यार्थीहरु अमेरिकाको विद्यार्थी भिसाका लागि समेत योग्य हुँदै आएका छन् ।

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकृतले सामाजिक सञ्जालमार्फत दिएको जवाफमा आधारित ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com