एकै वर्षमा ६३ हजार विद्यार्थी विदेश जान्छन पढ्न !


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।

सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ ।

अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ । अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com